हातमा सीपको विकास नै असली पढाइ हो ।। manojtimalsina555 Tiktok and Facebook श्रम सिकेर कसरी सफल हुने।

आज भोलि धेरै विद्यार्थीहरु १२ उतिर्ण पछि विदेश जान हतार गर्छन तर हातमा सीपको अभावले भने जस्तो काम पाउन गाह्रो हुने हुन्छ सीप सिक्नु पर्छ भन्ने ज्ञान चै कमलाई मात्र थाहा हुन्छ। पढाइ भनेको किताव पढ्ने अनि सर्टिफिकेट लिने विभिन्न कार्यालय धाउने जागिरको खोजीमा अनि पढेर बेकार भइयो भन्ने कुरा धेरै सुन्न पाइन्छ। तर वास्तिकतामा भने अरु नै हुन्छ पढाइसँगै विभिन्न खालको सीप सिक्ने र आफ्नो कामको अनुभवलाई बढाउँदै लाने हो भने बल्ल श्रम बजारमा बिक्न सजिलो हुन्छ र पढाइको पनि मूल्य पाउन सकिन्छ। अन्यथा काम पाउन गाह्रो हुन्छ अनि आफ्नो अनुभवलाई तिखो बनाउन पनि सकिँदैन । आफूले जागिर खोज्नु भन्दा जागीरले आफूलाई खोज्ने बन्नु नै राम्रो हुन्छ। त्यो ज्ञान दिने विभिन्न सिपमुलक तालिमको केन्द्रमा गएर सिकेर असुलाई अनुभबि बनाउन सक्नु पर्दछ।हाम्रो नेपालको अहिलेको पढाइ श्रमको सम्मान गर्ने भन्दा पनि विदेश भाग्ने युवा बनाउने कारखाना जस्तै छ। सीप सिक्दा कुनै समय पनि खाली बस्न पर्दैन र कसैलाई जागिर दे भनेर धाउने काम पनि गर्नु पर्दैन। विद्यालय स्तरमा सीपमूलक तालिमको व्यवस्था गर्दा झन् राम्रो हुन्छ तर हाम्रो शिक्षा प्रणालीले त्यो काम अहिलेसम्म गर्न सकेको छैन।देश कृषिप्रधान भनिन्छ तर बिदेशबाट केही धेरै जसो कृषिमा आधारित वस्तुहरु आयात गरिन्छ। आयात विस्तापित गर्न सरकारले कुनै खासै राम्रो कदम चालेको पनि छैन । निजी क्षेत्रको पनि कृषि उत्पाकत्वमा खासै चासो छैन अनि लगानी पनि गरेको छैन र सरकारले सहकार्य र सुविधामा ध्यान दिएको छैन। सरकार काम केही नगर्ने अनि हरेक कुरा व्यापारीको करमा मात्र भर पर्ने अनि व्यवसाय गर्ने भनेको फटाहा अनि कर छल्ने व्यक्तिको रूपमा मात्र व्यवहार गरेको देखिन्छ। देशमा के के कुरा विदेशबाट आयात हुन्छ र त्यसलाई विस्तापित कसरी गर्ने लगानी कसरी गर्ने। भन्ने बिषयमा खासै अहिलेसम्म सरकारले ध्यान दिएको छैन। जनतालाई लगानी भनेको के हो र लगानी कस्तो कस्तो ठाउँमा गर्दा भविष्यमा जोखिमबाट बच्न सकिन्छ र नयाँ नयाँ अवसरको वारेमा कसरी कसलाई कुन ठाउँमा सम्पर्क र सहयोग पाइन्छ भनेर सुसूचित पनि गरेको पनि पाइँदैन। देशमा त्यति धेरै ब्यांकहरु छन तिनीहरूले एउटा सामान्य शेयर बजारमा लगानी र त्यसको प्रतिफल र त्यसले भोलिको लागि लगानी गर्ने बानीको विकास गर्ने उपभोक्ता निर्माण गर्न सकेको छैन। शेयर भनेको के भनेर आफ्ना बैंकमा अकाउन्ट खोल्न आउने ग्राहकलाई बुझाउने सम्मको सानो काम पनि गर्न सकेको छैन। अरु क्षेत्रमा लगानी गर्ने ब्याज खाने काम बाहेक नेपालमा ब्यांकहरुले केही गरेको जस्तो देखिँदैन । अहिले पनि बैंकको ऋण पहुँचवालाले मात्रै पाउने र ग्राहक भनेको ठूलो ठूलो व्यापारीलाई मात्र हेर्न गरेको देखिन्छ। सीप र प्रविधिको विकासमा जोखिम मल्ने इच्छा नेपालको कुनै पनि ब्यांकहरूमा देखिँदैन। कुनै पनि नागरिकलाई विदेश पठाउनु भन्दा अगाडि सीपमूलक तालिम अनिवार्य र सरकारले निःशुल्क गर्ने हो भने धेरै जनताले देशभित्रै पनि धेरै काम गर्न सक्छन ।https://www.facebook.com/share/r/1GxNG8yzmH/

Comments

Popular Posts